चितवन :  समाज सेवी तथा सफल यूवा व्यवसायी निर्देश सेढाइँले चितवनमा निर्माणधिन अन्तर्राष्ट्रि क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग गर्नुभएको हो ।
भरतपुर १२ निवासी सेढाइँले आइतबार आमा शर्मिला सेढाइँको स्मृतिमा नगद रु ५ लाख सहयोग गर्नुभएको हो ।
क्रिकेट रंगशलाला निर्माणका लागि आयोजना भइरहेको धनधान्याचल महोत्सवको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल मार्फत उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
महाज्ञ मुल समारोह समितिका संयोजक प्रदेश सांसद विजय सुवेदी, महासचिव दिनेश चुके लगायतको उपस्थिति रहेका थिए ।
सो अवसरमा बोल्दै व्यवसायी सेढाइँले धुर्मुश सुन्तली र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललको सक्रियता देखेर आफुलाई पनि सहयोग गर्ने प्रेरणा मिलेको बताउनुभयो । साथै उहाँले यो राष्ट्रकै गौरवका आयोजना भएकाले सबैलाई सहयोग लागि अपिल गर्नुभयो ।
सेढाइँ यूवा उद्यामी मञ्चका संस्थापक अध्ययक्ष हुन् भने हाल होल्डिङ अन्तरगतका विभिन्न एक दर्जन बढि व्यापार व्यवसायमा संलग्न छन् । विभिन्न समाजसेवि काममा अग्रसर उनले सामुदायिक प्रहरस् साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएको पिटु सिटुको अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएका छन् ।
धनधान्याचल महोत्सव भोली सोमबार सम्म चल्ने छ । रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव एक दिन थप गरिएको हो । धनधान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिनुभयो । धनधान्याचलको भोली २७ गते समापन गरिने संयोजक सुबेदीले बताउनुभयो ।