सिन्धुली :  सिन्धुलीस्थित आश्रममा तपस्वी रामबहादुर बम्जन खोज्न पुगेका प्रहरीले उनका सहयोगीलाई नियन्त्रणमा लिएको छ । तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरी टोली उनलाई खोज्दै सिन्धुलीको आश्रममा पुगेको थिए ।
आनी र अनुयायीलाई बेपत्ता बनाएको आरोप लागेका बम्जनलाई खोज्न पुगेका प्रहरीले भने उनका सहयोगी ज्ञानबहादुर बमजनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जंगलको बीचमा रहेको बमजनको आश्रममा आएको तर बम्जन फेला नपरेको बताएका छन् ।

जिल्ला अदालत सर्लाहीले बम्जन पक्रन प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको यो पहिलो पटक हो ।