
काठमाडौं : प्रमुखप्रतिक्षी दल नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आकस्मिक छलफल सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि काँग्रेसका शिर्वा नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् । अख्तियारले बुधबार नेता गच्छदारसहित १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरको हो ।
तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ।
अख्तियारले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिवाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ।