काठमाडौँ : हाल नेपालमा मौसम विज्ञान विभागका अनुसार उल्लेखनिय मौसमी प्रणाली छैन । विहान देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा अपरान्ह पछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पूर्वी र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा सामान्यतया मौसम सफा रहने छ ।