काठमाडौं : ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले पनि त्यसमा मुछिएकाविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको सिआइबीले मुलुकी ऐनको किर्ते र ठगीसम्बन्धी कसुरअनुसार नयाँ मुद्दा दर्ता गर्ने तयारी थालेको हो ।

दिइएको जिम्मेवारीमा हामी चुक्दैनौं । अहिलेसम्म निष्पक्ष नै भएको छ । दबाबरहित तरिकाले अरू कारबाही अघि बढाउँछौं,’ सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले भने ।

उनका अनुसार सम्बन्धित पक्षले छिटो जाहेरी दिए कारबाही प्रक्रिया छिटो अघि बढ्नेछ । ‘सम्बन्धित पक्ष आए भने छिटो कारबाही हुन्छ तर हामी पनि यस सम्बन्धमा सबैको ध्यानाकर्षण गराउँछौं,’ उनले भने ।

प्रवक्ता पाण्डेका अनुसार सिआईबीलाई २०७५ फागुन २८ मा अनुसन्धानका लागि जिम्मेवारी दिइएको थियो ।

अनुसन्धानमा समय अपुग भएको भन्दै दुईपटक म्यादसमेत थप गरिएको थियो । अनुसन्धान सकिएपछि ब्युरोले माघ १६ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।

त्यसबीचमा गृहका अधिकारीले प्रतिवेदन अध्ययन गरेका थिए । सिआइबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै तरिकाले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए ।

आयोगले बुधबार एक सय ७५ जनाविरुद्ध भ्रष्टचार निवारण ऐन, २०१७ अनुसार मुद्दा दर्ता गराएको छ ।

सिआइबीको अनुसन्धानअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, डा। बाबुराम भट्टराईलगायतलाई प्रतिवादी बनाउने÷नबनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।

यस विषयमा भित्री छलफल भइरहेको जनाइएको छ ।

यता आयोगले मुद्दा दायर गरिसकेकाले सिआइबीले पनि आफ्नै तरिकाले मुद्दा दर्ताको तयारी गरेको खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेख्नुभएको छ ।