चितवन :  चितवनमा नगद सहिद जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट रु एक लाख १० हजार रुपैयाँ नगदसहित १४ जुवाडेलाई  रत्ननगर टाडीँ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रमुख (प्रहरी नायव उपरिक्षक) रविन कार्कीको कमाण्डमा खटिएको एक टोलीले कालिका नगरपालिका ६ खोलेसिमल स्थित बांसघारी कटेजबाट ९ जना सहिद नगद रु ९७ हजार रुपैयाँ र इच्छाकामना गाउँपालिका ७ स्याङदी कटेजबाट ५ जनालाई नगद १३ हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।
उनीहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाइने टाँडी प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कार्कीले बताउनुभयो ।
पूर्वी चितवनका विभिन्न क्षेत्रमा जुवातासको विगविगी बढेपछि टाँडी प्रहरीले थालेको जुवा तास नियन्त्रण अभियान नै संचालन गरेका छन् ।

सांकेतिक तस्बीर