
उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि नयाँ ध्रुविकरण भएको छ । राजु श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चुननारायण श्रेष्ठले मनोनय दर्ताको भोलीपल्ट शनिवार समिकरण फेरेर अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेको घोषणा गरेका छन् । नारायणगढको होटल रेड कार्पेटमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू शाक्यको प्यानलमा रहेको बताए ।
यसअघि शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिएका विष्णु कंडेलले उम्मेद्वारी फिर्ता लिने भएका छन् । उनको उम्मेद्वारी फिर्ता संगै चुननारायण निर्विरोध हुने पक्का भएको छ । यस्तै निर्विरोध उपाध्यक्ष भएका सुमन कुमार श्रेष्ठ र भोजराज कौडेल पनि शाक्यको पक्षमा उभिएका छन् ।