चितवन,१६ माघ । भोली (शुक्रबार) बाट शुरु हुने सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । नारायणगढको क्याम्पाचौर सीपीएल खेलाउनका लागि तयार भएको छ ।प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नेछन् । २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजबिरुद्द इच्छाकामना वारीयर्स मैदानमा उत्रदैछ । यो खेलमध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए।
इच्छाकामना वारियर्स दिपेश श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिदै छन् । इच्छाकामना गाउँपालिकाको तर्फबाट इच्छाकामना वारियर्सको व्यवस्थापक विकास गुरुङ रहेका छन् ।
प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीनजना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्तगर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।