काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भएनपीटीसँग सम्झौता गरिसकेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाईनलाई एफटीटीएचमा रुपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाएको जानकारी दिए । यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेख्नुभएको छ ।