चितवन :  आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग आयोग हेटौडाँको टोलीले अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार नगद घुस सहित पक्राउ गरेको हो ।

विद्युतिय विजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट आज दिउसो पक्राउ गरेको हो ।