तनहुँ  : प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ४ जोडीसहित होटल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। व्यास १२ घाँसीकुवास्थित कोहिनुर होटल एण्ड लजमा अनैतिक कार्यमा संलग्न रहेका ४ जोडीसहित होटल सञ्चालक समेत नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

होटलमा अनैतिक कार्य भइरहेको जनगुनासो आएपछि प्रहरीले छापा मार्दा उनीहरू संलग्न रहेको भेटिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा उनीहरूविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गराई म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।व्यवसाय सञ्चालनको नाममा अनैतिक क्रियाकलापमा संलग्न गराएको हो कि भन्ने आशंकामा उनीहरूसहित होटल व्यवसायीलाई समेत पक्राउ गरिएको जनाएको छ।