काठमाडौं :  नेपाली सेनाका पूर्वसुवेदारबच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूले ४८ घण्टाभित्र पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका(३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, नुवाकोट दुप्चेश्वर गाउँपालिका६, कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिलका५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, दाङ पुरन्धारा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, रामेछाप मन्थली नगरपालिका९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी र रसुवा उत्तरगया गाउँपालिका२ खड्कुका २८ वर्षीय संजित वाइबा रहेका छन्।

महनगरीय अपराध महाशाखा टेकुका अनुसार लुटेराले गुरुङलाई खुकुरी, फलामको लठ्ठी देखाइ आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुटेको जनाएको छ। त्यो रकममध्ये प्रहरीले उनीहरूको साथबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ नगदसहित ४ थान मोटर साइकल, सुनको औंठी, विभिन्न बैकका चेक र मोबाइलहरू बरामद गरेको छ। अन्य रकम भने उनीहरूले विभिन्न प्रयोजनमा खर्च गरिसकेको एसपी मुकेश कुमार सिंहले बताए।

यसैबिच पीडितलाई पनि अनुसन्धान गर्ने भएको छ ।  नेपाली सेनाका पूर्वसुवेदार हुन् गुरुङ। उनी अलौकिक सामान किन्ने लोभमा डाँकाहरूको फन्दामा परेका थिए। शुक्रबार काभ्रेस्थलीको जंगलमा उनी लुटिए।शुक्रबार बिहान अलौकिक सामान किन्ने भन्दै गुरुङले आफ्नो घर धितो राखेर रकम निकालेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। त्यो अलौकिक सामान के हो भन्ने कुरा अनुसन्धान भइरहेको छ।