काठमाडौं : नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागहरुमा हुस्सुकुहिरो लागेको छ र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा तराईका अधिकांश भूभागमा हुस्सुरकुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने जनाएको छ ।

आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले बिहीबार (आज)दिउँसो पूर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईका भूभागमा हुस्सुरकुहिरो रहने छ ।

बिहीबार राति पूर्वी पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो र राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

शनिबार दिउँसो र राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी हप्ताको मौसमको अवस्था [सारांशमा]

  • साता सुरुमा तराईका भूभागमा सामान्यतया सफा र पहाडी भूभागमा आंशिक बदली रहने छ ।
  • साताको मध्य तथा अन्तमा देशभर सामान्य बदलीदेखि पूर्ण बदली रही हिमाली तथा उच्च पहाडी भूभागमा हल्कादेखी मध्यम हिमपात हुनुको साथै तराईका एकदुई स्थानमा हल्का वर्षा हुने देखिन्छ ।
  • देशभर न्युनतम र अधिक्तम तापक्रम घट्ने संभावना रहेको छ ।
  • साताको सुरु र मध्यमा देशको पहाडी भूभागमा बिहानी पख कुहिरो/हुस्सु रहने सम्भावना छ ।
  • साताको सुरु र मध्यमा तराईका भूभागमा बाक्लो कुहिरो/हुस्सु लाग्ने सम्भावना छ ।

[नोट : साताको सुरु– शुक्रबार, शनिबार
साताको मध्य– आइतबार, सोमबार, मंगलबार
साताको अन्त्य– बुधबार, बिहीबार]