मुग्लिन, ८ माघ । सुख्खा पहिरो गएको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । झण्डै ६ घण्टा लगाएर पहिरो हटाएपछी अवरुद्ध राजमार्ग सुचारु भएको हो ।
बेलुकी करिब राती सवा ९ बजे तिर मुग्लिन बजार बाट १.५ किमि नारायणगढ तर्फ तुइनभिर नजिकै सुख्खा पहिरो गएपछी नारायणगढ– मुग्लिन अवरुद्ध भएको थियो । दुई ओटा लोडर र एउटा जेसिबी प्रयोग गरि पहिरो पन्छाएपछी राती ३ बजेदेखी दुइतर्फी नै यातायात सञ्चालन भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।