मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको सुख्खा पहिरो फालेर सडक सुचारु हुन कम्तिमा पनि बिहानको चार बज्ने भएको छ ।
इच्छाकामना गाउँपालिकाको तुइन पुल नजिक मंगलबार साझ करिब सवा नौ बजेतिर गएको सुख्खा पहिरो हटाउन दुइटा लोडर र एउटा जेसिबीले १२ बजे बाट काम सुरु गरेको र उक्त पहिरो हटाएर सडक सुचारु गर्न कम्तिमा बिहानको चार बज्ने मुग्लिङ- नारायणगढ सडक खण्डका इन्जिनियर शिव खनालले बताएका छन।
रातिको समयमा सडक बन्द हुदा दुबै तर्फ अहिले सवारिको लामो लाइन लागेको छ।
तस्बिर – बिनोद श्रेष्ठ