काठमाडौं : अचेत अवस्थामा भेटिएका भारतीय नागरिकको मृत्यु भएको छ । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको हो । होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।