आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी गाउँपालिकाले खरिद गर्न लागेको एम्बुलेन्स अझै आउन सकेको छैन । नागरिकको सेवा सुविधाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६०७७ को बजेट निति तथा कार्यक्रममा नै समेटेर एम्बुलेन्स खरिद गर्ने भनिए पनि आर्थिक वर्षको मध्य तिर आईपुग्दा सम्म अझै खरिद हुन सकेको छैन । एम्बुलेन्स खरिदमा भएको ढिलाई बारे जानकारी लिदाँ आवश्यक पक्रिया नपुगेको कारण एम्बुलेन्स खरिदमा ढिलाई भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो । ‘अब आवश्यक प्रक्रिया पुरा गरेर छिट्टै एम्बुलेन्स खरिद गरि ल्याईनेछ’ –उहाँले भन्नुभयो । गाउँपालिकाले एम्बुलेन्स खरिदको लागि भनि आर्थिक वर्ष २०७६र०७७ मा १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले आँबुखैरेनी गाउँपालिका भित्र विभिन्न संघसंस्थाका करिब आधा दर्जन एम्बुलेन्सहरु चल्ने गरेका छन् ।