
काठमाडौं : ‘ज्ञानेन्द्र शाहीलाई नेपालका लागि नेपाली’ अभियानले निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ कार्यसमितिको बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिइएको छ ।
देशबाट धर्म निरपेक्षता, संघीयता खारेजी गर्ने एजेण्डा लिएको अभियानका विरुद्ध ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिन थालेपछि उनलाई निष्काशन गरिएको विज्ञप्तिमा जनाइएको छ । अभियानले राजतन्त्रको वकालत गर्ने एजेण्डा राखेको भए पनि शाहीले गणतन्त्रको पक्षमा अभिव्यक्ति दिन थालेपछि उनलाई निष्काशन गरिएको बताइएको छ । अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।
https://www.facebook.com/bhandarisurendra/posts/10162416408520104