कुरिनटार : उद्यमशिल महिला जगारण केन्द्र इच्छाकामनाको प्रथम साधारण सभा सम्पन्न भएको छ। प्रदेशनं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यमा साधारणभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि कानुन मन्त्री शालिकराम जम्कटेलले अब सम्पत्ति जति महिलाको नाममा राख्ने नयाँ अभियान चलाउन पर्ने बताउनुभयो ।
मन्त्री जम्कट्टेलले महिलाहरुप्रतिको विभेद धेरै हटीसकेको भन्दै महिलाहरुले सोच बदलि लक्ष्य किटान गरेर नया अभियान शुरु गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरुको धेरै विभेद अन्त्य भइसकेको छ, अब महिलाहरुले सोच बदली लक्ष्य किटान गरि नयाँ अभियान सुरुवात गर्न आवस्यक छ,अब महिलाहरुले सम्पत्तिको अधिकार मात्र खोसिएको छ त्यसको लागि सम्पती महिलाको नाममा राख्ने अभिया चलाउनुपर्छ । ” ब्यबस्थापकिय हिसाबले महिलाहरू अब्बल रहेको र चेताना र सहभागीको हिसाबले सब भन्दा अगाडि आएको समुदाय भनेको महिलानै रहेको रहेको मन्त्री जम्कट्टेलको भनाई छ ।
महिलाको समस्य पनि बर्गिय समस्य भन्दै हुने खाने महिलाको समस्या फरक रहेको उहाँले बताउनुभयो । व्यवस्था फेरिए पनि पुरानै तरिकाले व्यवस्था चलिरहेकोले राजनीतिक नेतृत्व बलियो बनाउन नयाँ नारा लगाउनु पर्ने बेला अएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष मिना ज्ञवालीले प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । उहाँले संस्थाले विभिन्न समयामा गरेका समाजिक कार्यहरुको जानकारी गराउनुभयो ।

अप्सरा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश संसद घनश्याम दाहाल जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी नेकपा प्रदेश सदस्य संगिता भट्टराई जिल्ला सदस्य ,प्रताप गुरुङ मौसम, सावित्रि सिलवाल,दान बहादुर गुरुङ, जुना राजभण्डारी लगायत नेकपाका जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो ।
शु्सिला चालिसेले स्वागत राख्नुभएको उक्त कार्यक्रमको केन्द्रका सचिव सम्झना खड्का सिलवालले संचालन गर्नुभएको थियो ।
उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाले सामाजिक कार्यहरु गर्दै आएका छन् ।