कुुरिनटार ,१९ असार । चितवनको इच्छाकामना २ विकटमा रहेको राष्ट्रिय आधारभुत विद्यालय १–८ मायाटारका २२० जना विद्यार्थीहरुलाई पोसाक, शैक्षिक सामाग्री, र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैँक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वंयम्भु काठमाडौँ, मनाङ समाज सेवा समिति स्वंयम्भु काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयंम्भु काठमाडौँले संयुक्तरुपमा र विद्यालयमा पुगेरै सहयोग गरेका हुन् ।
कार्यक्रममा इको सोप नेपालले विधार्थीहहरुलाई हात धुने तरिका समेत सिकाएका थिए । इको सोप बैँकले बिभिन्न संघसंस्थाहरुसंगको सहकार्यमा विकट बस्तीहरुको विद्यालयमा सरसफाई सम्बन्धी जनचेतनामुक कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका कार्यक्रम संयोजक नरेन्द्र लामिछानेले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर चेपाङले यस विद्यालयमा बालबालिकाहरु खाली खुट्टा र फाटेको कपडामा विद्यालय आउन बाध्य रहेका बेला सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थाहरुलाई धन्यावद दिनुभयो । उहाँले यस विद्यालयमा ७५ प्रतिशत चेपाङ बालबालिकाहरु अध्ययनरत रहेको बताउनुभयो।
नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारीणी अध्यक्ष विकसा चेपाङले गाउँपालिकामा ९ हजार भन्दा बढी चेपाङ समुदाय रहेको बताउँदै सबै चेपाङ समुदायमा रहेको विद्यालयहरुमा सहयोगको आवस्यकता रहेको बताउनुभयो । उहाँका अनुसार यहाँ गरिबिका कारण चेपाङ बालबालिकाहरु नियमित बिद्यलाय सम्म आउन नसक्ने बताउनुभयो।
नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारीणी अध्यक्ष विकासको चेपाङको विशेष पहलमा सहयोग उपलब्ध भएको हो ।