दाङ जेठ ३२ । सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा अन्य तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । घाइतेमध्ये अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।
घटना गएराति २ बजे भएको बताइएको छ ।