(कला र साहित्य डेस्क)
गण्डकी गाउँपालिका मकैसिङका समाजसेवी हस्ती स्वर्गीय होमनाथ घिमिरेको जीवनी संग सम्बन्धित संस्मरणात्मक ग्रन्थको बिमोचन तथा परिचर्चा कार्यक्रम हुने भएको छ।

विजया भवानी मा वि मकैसिङ तथा घिमिरे परिवारको आयोजनामा गोरखाको मकैसिङमा जन्मिएर त्यहिकै माटोमा टेकेर हुर्कीएका र अहोरात्र समाज सेवामा समर्पित ब्यक्तित्व होमनाथ घिमिरेको बार्षिक पुण्ड्य तिथिका अवसरमा प्रकाशित संस्मरणात्मक ग्रन्थ ” समाजसेवी होमनाथ घिमिरे ” स्मारिका विमोचन साथै विशेष परिचर्चा कार्यक्रम असारको १० गते विजया भवानी मा वि परिसरमा राखिएको परिवार श्रोतले जनाएको छ।

१९८५ मा जन्मिएर २०७५ साल मा दिवंगत समाजसेवी होमनाथ घिमिरे संंग सम्बन्धित लेख हरु समेटिएको संस्मरणात्मक ग्रन्थमा सबै लेखक हरुले उहाँ संगको सम्झना र परिस्थिति लाई समेट्ने प्रयास गरेका छन। जस्को प्रधानसम्पादक डा.नबराज कट्टेल हुनुहुन्छ।