जेष्ठ १७ मुग्लिङ ,
आज मे ३१ अर्थात धूम्रपान बिरुद्द्को बिश्व धूम्रपान रहित दिवस। धुम्र अथवा धुवा र पान अर्थात सेबन धुवा जन्य पदार्थ को शेवन लाई धूम्रपान भनेर चिनिन्छ।
धूम्रपानको लत अहिले बिश्वको लागि चुनौती बनेको छ। त्यसैले आजको दिन चुरोट बिडि हुक्का लगायतले गर्ने हानिको बारेमा सचेतना फैलाउने काम गरिन्छ। त्यसै अनुरुप बिश्व भर अनेकौ कार्यक्रम भै रहेको बेला चितवनको इच्छाकामना गाउपालिका मुग्लिङमा पनि विद्यार्थी हरुले नो स्मोक को नारा लगाउदै सचेतना फैलाउन विभिन्न कार्ड सहित र्याली गरेका छन। मर्स्यांदी बोर्डिङ स्कुलको आयोजनामा र्याली गरिएको हो।
धूम्रपान बाट निस्कने निकोटिनको कारण नियमित सेबन को लत बस्ने र सत्र हजार भन्दा बडि खतरापूर्ण रासायनिकको कारण हरेक घण्टा ३ जनाले धूम्रपान कै कारण ज्यान गुमाउने गरेको एक प्रतिबेदनले जनाएको छ।