धादिङको बेनिघाट रोराङ गाउँपालिका मा बिगत दुई बर्ष देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हर्ष बहादुर थापाको असामयिक निधनले समग्र गाउँपालिका नै शोकमा डुबेको छ। शोकको  घडीमा भोलि जेष्ठ ९ गते बेनिघाट रोराङ गाउँपालिकाको कार्यलय ,गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यलय र बिधालय लाई बिदा दिइएको गाउँपालिकाका सुचना अधिकारी पर्शुराम घिमिरेले जनाउनु भएको छ।

गोर्खा स्थायी ठेगाना भएका स्वर्गीय थापा हिजो दिन भर आफ्नै कार्यक्षेत्रमा सामान्य रुपमा काम गरेका थिए। बिहान पख स्वास्थ्यमा केही समस्या देखापरे पछि जाँचको लागि मलेखु पुगेका उनलाइ त्यही बाट काठमाडौ लगिएको थियो। काठमाडौ लाने क्रममा बाटोमै अचेत भएका थापाको काठमाडौ स्थित नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।