चितवन, १९ जेठ । प्रगतीपाठशाला कुरिनटारको अभिभावक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण बिकासमा अभिभावकको भूमिका सम्बन्धमा विद्यालयले अभिभावक अनुशिक्षण कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा प्रशिक्षक तथा “हामी कस्ता अभिभावक” कितावका लेखक रमेश पराजुलीद्धारा विविध कार्यक्रम प्रश्तुती सहित सम्पन्न भएको हो ।
यस कार्यक्रमले बालबालिकाको अध्ययन तथा सम्पूर्ण विकासमा अभिभावको भूमिकामा वृद्धि हुने र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा ठूलो सहयोग हुने विद्यालयका सह– प्राचार्य ईश्वर विलास अधिकारीले बताउनुभयो ।