ईच्छाकामना,६ माघ । नेपाल शिक्षक महासंघ ईच्छाकामनाको अध्यक्षमा शिवप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । आज ९शनिबार० सर्वशान्ति मावि ईच्छाकामना ४ कुरिनटारमा भएको प्रथम गाउँ अधिवेशनबाट तिमल्सिना सर्वसहमतीले अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले सह–अध्यक्षमा तुल बहादुर गुरुङ, उपाध्यक्षमा शंकर प्रसाद सिलवाल, सचिवमा तेजराज सिलवाल, सह–सचिवमा पार्वती केसीलाई चयन गरिएको छ ।

न्य सदस्यहरुमा भावना खनियाँ,लोक बहादुर मगर, बीर बहादुर गुरुङ, नरेन्द्र विक्रम केसी,सुजना गुरुङ, दीर्घराज रिमाल,सुमन आलेमगर,प्रेम बराल, टप कुमारी श्रेष्ठ र भगवती अर्याल रहेका छन् ।
नेपाल शिक्षक महासंघ कार्यसमितिका सह–अध्यक्ष गुरुप्रसाद पौडेलको प्रमुख आतिथ्य तथा सचिव रामजी भण्डारीको विशिष्ट आतिथ्य र नेपाल राष्ट्रिय शिक्षक संगठन ईच्छाकामनाका अध्यक्ष गोपी सिलवालको सभापतित्वमा प्रथम गाउँ अधिवेशन सम्पन्न भएको हो ।