लाहान, २२ कात्तिक । सिरहाको धनगढीमाई नगरपालिका– ८ मुसहर्नियाका एक व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न धनगढीमाई नगरपालिका– १० का ५८ वर्षीय जगबहादुर तामाङलाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि ३र४ जना भागेपछि प्रहरीले खोजतलास गरेको थियो। त्यसक्रममा खोजतलास गर्दा एक थान लोड गरेको र अर्को खाली बन्दुकसहित तामाङलाई पक्राउ गरिएको हो। उनलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत अनुसन्धान गरी घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।